जेठ १५,काठमाडौँ।।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका कारण यस वर्षको गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुन सकेनन्।
सैनिक मञ्च टुँडीखेलमा आयोजित उक्त विशेष कार्यक्रममा प्रचण्डको अनुपस्थिति उनको स्वास्थ्य अवस्थाका कारण भएको हो। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डलाई हिजोदेखि नै अस्वस्थता देखिएको थियो र राति ज्वरो आएपछि चिकित्सकहरूले पूर्ण आराम गर्न सल्लाह दिएका छन्।
“उहाँलाई हिजोदेखि नै अस्वस्थ महसुस भइरहेको थियो। राति ज्वरो आएपछि डाक्टरहरूले आराम गर्न सुझाव दिनुभयो, त्यसैले उहाँ आज कतै जानु भएको छैन,” आचार्यले जानकारी दिए।
हाल प्रचण्ड आफ्नै निवासमा आराम गरिरहेका छन्।









