बिश्व वातावरण दिवसको अबसरमा पोखरा जेसीज र लेडी जेसीजले गरे बृक्षारोपण
  • संजय थापा

जेठ २२, पोखरा ।।
बिश्व वातावरण दिवसको अबसरमा पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं. ११ का वडा सदस्य शुसिल बास्तोला रहेका थिए । बास्तोलाले जेसीज संस्थाले पोखराका बिभिन्न ठाउँ परिवेसमा सामाजिक, शिक्षा,स्वास्थ्य लागाएत उत्प्रेरणामूलक कार्यक्रम गर्दै आएकोमा आभार ब्यक्त गर्दै हरेक संघ – संस्थाले यसरी नै कार्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा पोखरा लेडी जेसीजका अध्यक्ष सुनिता गौतम भण्डारीले बृक्षारोपण कार्यले बाताबरणलाई सन्तुलन कायम राख्ने र सामाजिक कार्यमा सधै अग्रसर रहने बताईन् ।

कार्यक्रम पोखरा ११ रामघाटमा विभिन्न थरीका एवोकाडो, पारीजात, गुलमोहर, धुपी, कपुर लगाएतका ३५ वटा बिरुवा रोपिएको जेसी संन्दिप के. सीले जानकारी गराए । कार्यक्रममा विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पोखरा जेसीजका अध्यक्ष सुमन पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक जेसी सन्दिप के. सी र सुभद्ररा बरालले गरेका थिए भने कार्यक्रम संचालन पोखरा जेसीजका उपाध्यक्ष जेसी रविन्द्र गोदारले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्