मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा एमालेको अदालतसम्म जाने चेतावनी
  • प्रमुख खबर

Oplus_131072

जेठ २२, काठमाडौं ।।
जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले शुक्रबार(आज) विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

जारी विज्ञप्तिमा भदौ २३ र २४ गते घटेको घटनालाई लिएर आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे यसविरुद्ध अदालतसम्म जाने तयारीमा आफूहरु रहेको स्पष्ट पारे ।

एमालेले आयोगलाई अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न आग्रह समेत गर्ने भएको छ । महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा निष्कर्षका रूपमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने उल्लेख छ ।

मुलुकमा विकसित विभिन्न प्रकारका राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक आयामबारे विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालासँग छलफल, संवाद र सहकार्यमार्फत साझा धारणा निर्माण गर्न वातावरण बनाउने पनि सो विज्ञप्तिमार्फत एमालेले भनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्