संसदीय गतिरोध चिर्न सभामुखद्वारा राजनीतिक दलका प्रमुख सचेतकहरूसँग बैठक बस्दै
  • प्रमुख खबर

Oplus_131072

जेठ २४, काठमाडौं ।।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूका लागि सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका छन्। उनले सोमबार बिहान साढे ९ बजे बस्ने गरी सिंहदरबारस्थित संघीय संसद्को सचिवालयमा बैठक बोलाएका हुन्।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।

यसभन्दा अघि प्रतिनिधिसभा नियमावली २०७९ बाट चलिरहेको प्रतिनिधिसभा जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबिच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन ।

यस्तै विपक्षी दलहरूले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने माग राख्दै सदनमा अवरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्