फिफा विश्वकप हेर्न जान खोजेका एन्फा पदाधिकारीलाई राखेपले लगायो रोक
  • प्रमुख खबर

Oplus_131072

जेठ २५, काठमाडौं ।।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको छ ।

विश्वकपको इतिहासमै पहिलो पटक अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले संयुक्त रूपमा आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागी हुन जानको लागेको एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईले राखेपलाई गरेको अनुरोध अस्वीकार गरेको हो ।

राखेपले तत्कालको अवस्थामा एन्फाका पदाधिकारीलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिएका छन् ।

विषेशगरी विदेश जाने बाटो खुला गर्न भन्दै एन्फाका पदाधिकारीहरू अध्यागमन विभाग पुगेका थिए । तर विभागले राखेपबाट नै सिफारिस लिएर आउन भनेपछि उनीहरू सोमबार (आज) त्यहाँ गएका थिए।

यद्यपि उनीहरूको प्रयासलाई राखेपले भने रोक लगाएको छ । फिफा विश्वकप २०२६ यही जुन ११ देखि १९ जुलाई सञ्चालन हुँदैछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्