बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु
  • प्रमुख खबर

जेठ २६, पोखरा ।।

पोखरा महानगरपालिका वडा नम्बर ३१, बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

आइतबार पौडी खेल्ने क्रममा सिन्धुली जिल्ला घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका अन्दाजी २३ वर्षका कान्छा मगर रहेका छन् । तालको रेस्क्यु टावर नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो डुबेर बेपत्ता भएका थिए।

​युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको पोखरा ५, मालेपाटनस्थित २४ नम्बर कालिका गणको हेड क्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको कमाण्डमा खटिएको गोताखोर सहितको ११ जनाको टोलीले श व खोजी गरेर निकालेको छ ।

​तालबाट बाहिर निकालिएका मगरलाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट प्रहरी नायब उपरीक्षक गुणराज बुढाथोकीको कमाण्डमा खटिएको टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टका लागि लगेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्