असार ०१, पोखरा ।।
पोखरामा सोमबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं १ का ५३ वर्षीय बिष्णुबहादुर खत्री रहेका छन्।
प्रहरीका अनुसार पोखरा–२७ डाँडाकोनाक अगाडि सो दुर्घटना भएको हो ।
विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको ग१ख ७७६६ नम्वरको टिप्परले विपरित दिशातर्फ आउँदै गरेको खत्रीले चलाएको बा ८० प ३५३० नम्वरको मोटरसाइकललाई बिहान करिब ११ः२५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा ११ः४५ बजे चिकित्सकले मृत घोषणा गरिएको प्रहरीको भनाइ छ ।
सो दुर्घटनामा मोटरसाइकल पूर्णरुपमा क्षति भएको बताइन्छ भने टिप्पर र त्यसका चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं २ साखरका ३३ वर्षीय पदमबहादुर थापालाई इलाका प्रहरी कार्यालय डाँडाकोनाकले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










