अषाढ १६, काठमाडौं ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी, सूर्य र ब्रह्माण्डको उदाहरण दिँदै अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन् ।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सूर्यलाई कतिबेला उदाउने र अस्ताउने ज्ञान भएको, पृथ्वीलाई पनि कति कक्षमा र कति अक्षमा घुम्नुपर्छ थाहा भएको र सिंगै ब्रमाण्ड आफैमा अनुशासित रहेको बताउँदै अनुशासन बिना यो क्षेत्र सम्भव नभएको बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले यदि खेलकुदमा अनुशासनको पालना भएन भने खेल बिग्रने समेत उल्लेख गरे । उनले अनुशासन बिना कुनै पनि खेल नहुने र खेल नहुनु भनेको खेलाडी पनि नहुनु भएको स्पष्ट पारे।
विषेशगरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले शारीरिक अवस्था र उमेर अनुसारको खेल मानव जीवनका लागि महत्वपूर्ण भएको बताए ।









