अषाढ १८, काठमाडौं ।।
बिहीबार(आज) सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि बढेको छ।
आज चाँदी तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।









