सुनको मूल्य लगातार दोस्रो दिन वृद्धि , चाँदी पनि महँगियो
  • प्रमुख खबर

अषाढ १९, काठमाडौं ।।
आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढ्दै २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।

हिजो सुन तोलामा ६ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ८३ हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्