हप्ताभर लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने प्रतितोला २ हजार ७०० रुपैयाँले वृद्धि
  • प्रमुख खबर

अषाढ २६, काठमाडौं ।।
हप्ताभर लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार(आज)हप्ताको अन्तिम दिन मूल्यमा वृद्धि भएको छ ।

आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो बिहीबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो हप्ता भने सुनको मूल्य लगातार घट्दो क्रममा थियो।

आइतबार प्रतितोला ४०० रुपैयाँ, सोमबार ९०० रुपैयाँ र बुधबार १ हजार ४०० रुपैयाँले मूल्य घटेको सुनको मलाई आज भने पुनः भाउ उकालो लागेको हो।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। बिहीबार प्रतितोला १६० रुपैयाँले घटेर ४ हजार ३४० रुपैयाँमा झरेको चाँदी आज १७० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्