बीपीको ४४ औं स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले ‘जरा अभियान’ समापन गर्ने
  • प्रमुख खबर

अषाढ २९, काठमाडौं ।।
नेपाली कांग्रेसले संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ समापन गर्ने भएको छ ।

नयाँ वर्षको पहिलो दिनबाट ७७ वटै जिल्लामा सुरू भएको उक्त अभियान श्रावण ६ गते बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको हो ।

पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा, ‘साउन ३ गतेभित्र क्रियाशील सदस्यता वितरणलगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन ६ गते जननायक बीपी कोइरलाको ४४ औं स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित ‘जार अभियान’ को समापन कार्यक्रम जिल्ला कार्यसमितिको आयोजनामा गर्न हुन अनुरोध गरिन्छ, भनिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्