ओरालो लाग्यो सुनचाँदीको मूल्य, आज सुन तोलामा २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार
  • प्रमुख खबर

अषाढ ३०, काठमाडौं। ।
मंगलबार(आज) पनि सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मूल्य घटेसँगै आज सुन तोलाको दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो तोलामा २ हजार ८०० रुपैयाँले घटेर सुन तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ५ हजार ३६० रुपैयाँमा झरेको छ । यसअघि हिजो चाँदी १०० रुपैयाँले घटेर तोलाको ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्