लुम्बिनी सरकारमा हलचल, कांग्रेसले मन्त्रीहरूसँग गर्‍यो निर्णायक छलफलको तयारी
  • प्रमुख खबर

अषाढ ३२, लुम्बिनी ।।
नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने कांग्रेसको केन्द्रीय निर्णयपछि लुम्बिनी प्रदेशको राजनीति पनि तातेको छ।

एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग छलफल गर्न कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार(आज) दिउँसो ३ बजे दाङमा बैठक बोलाएका छन्।

यस बैठकमा विषेशगरी सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन्। केन्द्रले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनीमा कांग्रेसले अब कस्तो रणनीति अपनाउने, सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरणतर्फ अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।

हाल एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सरोज थापाले सहरी विकास तथा खानेपानी मन्त्री, धनेन्द्र कार्कीले आर्थिक मामिला मन्त्री, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्