कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन
  • प्रमुख खबर

Oplus_131072

साउन १२, काठमाडौं ।।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री
गोपालमान श्रेष्ठको निधन भएको छ । उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा
मंगलबार(आज)८३ वर्षको उमेरमा निधन भएको हो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले उनको निधनको पुष्टि गरेका छन। श्रेष्ठको शव बुधबार बिहान ८ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।

स्वर्गीय श्रेष्ठलाई साउन ७ गते कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनीत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्