साउन २८, काठमाडौं ।।
सिंगापुरबाट थप उपचारको लागि भन्दै हङकङ पुगेका
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार(आज) स्वदेश फर्किएका छन्। झण्डै छ महिनाको लामो विदेश बसाईपछि उनी आज थाई एयरबाट स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसको संस्थापन इतर समूहले बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गरेका छन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा आज मध्याह्न साढे १२ बजे काठमाडौं अवतरण गरेका हुन् ।
गत वर्ष भदौ २४ को जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका उनी फागुन १३ गतेको राति स्वस्थ उपचारको लागि भन्दै सिंगापुर गएका थिए । यस्तै उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।
स्वदेश फर्किएका देउवा भोलि शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन् । इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् । तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।









