भदौ १, काठमाडौं ।।
रास्वपाका सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् । भदौ ५ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएका हुन् ।
विषेशगरी रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ ।
यही बाँकी रहेका पदमा पदाधिकारीहरुलाई मनोनयन गरेर बैठकमा पेस गर्ने र बैठकबाट पास गराउने तयारी छ ।
यस्तै उक्त बैठकमा २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गरिँदै पार्टी सचिवालयले जनाएको छ ।
केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ । यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पास गरेको थियो ।









