भदौ ५, पोखरा ।।
नेपाली काँग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपिल गरेको छ । जनता र कार्यकर्ताको चाहाना नै मजबुद र एकतावद्व काँग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपिल गरेको हो ।
नेपाली काँग्रेस कास्कीको शुक्रबार(आज) सम्पन्न बैठकले त्यस्तो अपिल गरेको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिएका छन्।
बैठकले नेपाली काँग्रेसको १५औँ महाधिवेशनको कार्यातालिका अनुसार तोकिएकै समयमा वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरु गठन गरेको छ ।
बैठकमा अहिलेसम्म भएको क्रियाशील सदस्यहरुको अद्यावधिकका विषयमा छलफल समेत भएको छ । बैठक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियो ।









