महाधिवेशनको तालिकाविरुद्ध सर्वोच्चमा पुगे देउवा पक्ष, रिट दर्ता भएन
  • प्रमुख खबर

Oplus_131072

भदौ ५, काठमाडौं ।।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै
संस्थापन इतर समूहले दिएको निवेदनमाथि सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ । आगामी असोजका लागि तय भएको अधिवेशन रोक्न उक्त समूहले दिएको निवेदनमाथि अदालतले थप अध्ययन गर्ने भएको हो ।

महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काकोतर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ शुक्रबार(आज) सर्वोच्च पुगेका थिए । तर उक्त रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए ।

उनका अनुसार थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ । यस समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो । सर्वोच्चले उक्त मुद्दामा पुन: सुनुवाइको आदेश गरिसकेको छ ।

विषेशगरी एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेस गर्न संस्थापन इतर नेताहरू सर्वोच्च गएका थिए । कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्मको लागि १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्