नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का छुट्टाछुट्टै रिटसहित सर्वोच्च पुगे
  • प्रमुख खबर

Oplus_131072

भदौ ८, काठमाडौं ।।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले पार्टीको १५ औं महाधिवेशन रोक्न सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन पेस गरेका छन् । दुवै जनाले सोमबार(आज) वारेसमार्फत् अदालतमा रिट निवेदन दिएका हुन् ।

देउवाले महाधिवेशन रोक्न माग गर्दै रिट दिएका छन् भने खड्काले पुरक निवेदनको रुपमा यसअघिको पुनरावलोकन मुद्दामासँगै राखि पाउ भनी रिट दिएको
सर्वोच्च अदालतका सह-रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

उनका अनुसार रिट अहिले अध्ययनकै क्रममा रहेको छ । कांग्रेसको केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो । उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै कांग्रेस केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशन तालिका जारी गरेको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्