भदौ ९, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार(आज) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।
यता मधेस र कोशी प्रदेशका तराईका थोरै ठाउँमा भने हावाहुरीको सम्भावना रहेको बताइएको । अहिले बागमती र गण्डकी प्रदेशका केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








