एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा गण्डकीमा फेरिँदै सत्ता समीकरण
  • प्रमुख खबर

भदौ ९, पोखरा ।।
नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही समय अघि मात्र बसेको संसदीय बोर्डको बैठकले एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिएकी छन् ।

पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच राष्ट्रिय स्तरको सहकार्य भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिन लागेको हो ।

गण्डकीमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा गोविन्द नेपाली, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, कृषि मन्त्री भीम कार्की र लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्