कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा, भदौ ११ गते सुनुवाइ
  • प्रमुख खबर

Oplus_131072

भदौ ९, काठमाडौं ।।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पार्टी पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

आगामी असोज महिनाका लागि तय गरिएको महाविधेशन रोक्ने आदेश माग गर्दै उनीहरूले मंगलबार(आज) सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।

देउवा समूहले दायर पूरक निवेदन दर्ता भएसँगै सो निवेदन उपर यही भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।

विषेशगरी कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न निस्सा दिइएको छ । सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्