पोखरामा भलले बगाएका बालिका र आमा दुबैको मृत्यु
  • प्रमुख खबर

भाद्र १३, पोखरा ।।

शुक्रबार सडक छेउको भलले बगाएका बालिका र आमा दुबैको मृत्यु भएको छ । पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखराको हर्क चोक स्थित सडक छेउको नालीको भलले बगाएका उनिहरुलाई बिरौटास्थित नहर कुलोबाट गम्भीर अवस्थामा उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो ।

उनीहरुको उपचार कै क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुष्माको शुक्रबार राति ९:४० बजे र रानीका दाहालको बिहान १:२१ बजे मृत्यु भएको हो ।

शुक्रबार ४ बजेको समयमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्क चोकमा साइड लगाएर झर्ने क्रममा नालीको पानीको भलले दुबैलाई बगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्