प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी
  • प्रमुख खबर

भाद्र १४, पोखरा ।।

प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ (रोजी) र सहसचिवमा बालकुमारी पौडेल (तारा)लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन भएका छन् ।

यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गरेका थिए । उद्घाटन सत्रमा सचिव गौरव त्रिपाठी र कोषााध्यक्ष राजु गिरीले प्रस्तुत गरेको प्रतिवेदनलाई बन्द सत्रमा ब्यापक छलफल सहित पारित गरेको थियो ।क्लबले साउन २५ गते भदौ १३ गतेका लागि अधिवेशनको मिति तोकेको र भदौ १० गते रसुवामा आएको बाढिका कारण देशले बिपत्तिको सामना गर्नुपरेका कारण तामझाम सहित कार्यक्रम गर्न उपयुक्त नभएको भन्दै सामान्य रुपमा अधिवेशन सम्पन्न गरेको नवनिवार्चित अध्यक्ष एकराज गिरीले बताए । देश शोकमा रहेका बेला तामझाम रुपमा कार्यक्रम गर्न उचित ठानेनौ त्यसैले सामान्य रुपमा अधिवेशन र साधारण सभा सम्पन्न गरेका छौँ ।

उनले आगामी दिनमा क्लबको उद्देश्य अनुरुप क्र्रियाशिल बनाउदै रचनात्मक कार्य गरिने बताए । २०७९ सालमा स्थापना भएको क्लबले वार्षिक ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गदै आएको छ । २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणी बराललाई प्रदान गरेको थियो भने यस वर्ष २०८२ र २०८३ को पुरस्कार प्रदान गरिने अध्यक्ष गिरीले बताए । पुरस्कारका लागि हामीसंग कुनै दाता नभएको बताउदै उनले भने, विभिन्न कार्यक्रमम गरेर खर्च कटाएर रकम जम्मा गरेर पुरस्कार प्रदान गर्दै आाएका छौँ, गत वर्ष विभिन्न कारणले पुरस्कार प्रदान गर्न सकेनौ । दुर्य वर्षको पुरस्कार यस वर्ष वितरण गर्ने छौँ ।

प्रेस क्लब गण्डकीलाई साझा संस्थााको रुपमा अगाडी बढाइने क्लबका सचिव प्रकाश अधिकारीले बताए । पत्रकारिताको विकास तथा पेशागत हितमा काम गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्