तनहुँमा भेटिएका पहिचान नखुलेका केही शवलाई चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने
  • प्रमुख खबर

Oplus_131072

भदौ १५, तनहुँ ।।
देवीघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन तनहुँको व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।

भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिएका छन्। उनले शव पहिचानका लागि डीएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए ।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ । पहिचान नखुलेका उक्त शवहरुको आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ ।

विषेशगरी शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्