बाढी प्रभावित ठाउँका महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण गरिदै
  • प्रमुख खबर

भाद्र १६, पोखरा ।।

विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्शलगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण थालेका हुन् । आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई  मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरूलाई ‘किशोरी कीट’ सहित सामग्री वितरण भइरहेको छ ।

साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा सञ्चालन पनि भैरहेको यूएनएफपिएले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीका अनुसार अस्थायी आश्रयस्थल रहेका ककनी/किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको छ ।

यस्तै धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्