भोटेकोशीमा आएको बाढीमा मृतकको संख्या १ हजार ३ पुग्यो, ३ हजार ९१६ अझै बेपत्ता
  • प्रमुख खबर

Oplus_131072

भदौ १६, रसुवा ।।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा परेकामध्ये अहिलेसम्म १००३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार(आज)दिउँसो १ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।

अहिलेसम्म रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ वटा शव भेटिएको छ ।

यस्तै अहिलेसम्म ११ हजार ८८४ जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ । उक्त बाढीका कारण अझै ३९१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

आज बाढी आएको सातौँ दिनसम्म पनि प्रभावित क्षेत्रमा २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरी खाेज, उद्धार र राहतकाे काम चलिरहेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्