सत्ता जोगाउन गण्डकीका मुख्यमन्त्री पाण्डेले नियुक्त गरे ऊर्जा मन्त्रीमा नेसपाका फणीन्द्र देवकोटलाई
  • प्रमुख खबर

Oplus_131072

भदौ १७, पोखरा ।।
नेपाल समाजवादी पार्टी (नेसपा)का फणीन्द्र देवकोटले ऊर्जा मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार(आज) उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

गण्डकी सरकारबाट एमालेका ४ जना मन्त्री बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा मन्त्रीको रूपमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रोपटक मन्त्री बनेका हुन् ।

यस्तै खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाले भौतिक मन्त्रालयको जिम्मा पाएका छन् । भौतिकमा यसअघि एमालेका गोविन्दबहादुर नेपालीले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्