संसद्मा प्रधानमन्त्री बालेनको ब्रिफिङ: रसुवा बाढीमा परेका झण्डै १२ हजारको उद्धार
  • प्रमुख खबर

Oplus_131072

भदौ १७, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले बुधबार(आज)को प्रतिनिधिसभा बैठक सम्बोधन गरेका छन् । आजको प्रतिनिधिसभामा विषेशगरी रसुवा बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री बालेनले बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् ।

उनले भोटेकोशीमा बुधबार आएको बाढीमा ११ हजार ९९३ उद्धार भएको जानकारी दिएका हुन् । उनले अझै पनि तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको समेत बताए ।

यस्तै आजको बैठकमा उनले बाढीमा परी घाइते भएका २९२ जनामध्ये १८२ जना डिस्चार्ज भएको पनि जानकारी दिए । प्रधानमन्त्री बालेनका अनुसार उपचारत बाँकी घाइतेहरूको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीले प्रयास गरिरहेका पनि संसद्लाई जानकारी गराएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्