भाद्र २०, पोखरा ।।
‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले आयोजना गरेको १४ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना रहेका थिए । तिमिल्सिनाले देशको यो विषम परिस्थितिमा रगतको आवश्यक रहेको हुदा हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्न सक्ने बताउदै आगामी दिनमा समेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको शुभारम्भमा क्लवका अध्यक्ष बिष्णुदेवी गुरुङले पहिलो रक्तदाता तारा बहादुर थापा मगरलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिन् । थापाको यो १० औं पटकको रक्तदान हो । रक्तदान कार्यक्रमा ४४ युनिट रगत सङ्कलन भएको क्लबका सचिव किरण आचार्यले जानकारी दिए । भने कार्यक्रममा स्वागत मन्तव्य क्लबका सह- सचिब रेखा लम्सालले राखेका थिन् ।

कार्यक्रममा विभिन्न संघ- संस्थाका व्यक्तित्वहरूको उपस्थित रहेको थियो । क्लवका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिव किरण आचार्यले गरेका थिए ।









