रसुवामा आएको बाढीमा पारी हालसम्म १ हजार ३५५ जनाएको शव मात्र भेटिए अन्यको खोजी जारी
  • प्रमुख खबर

Oplus_131072

भदौ २२, काठमाडौं ।।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ३५५ जनाएको शव मात्र भेटिएका छन्।

राष्ट्रिय विपद् जोखिमका न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव गरी जम्मा १ हजार ३५५ जनाएको शव मात्र भेटिएको बताएको हो ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । प्राधिकरणका प्रवक्ता शान्ती महतले हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको बताएकी छन् । उनका अनुसार बाढीमा परी करिब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेका छन् ।

प्राधिकरणको तथ्याङ्कले रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब १ हजार ९६७ जना र नुवाकोटबाट करिब २ हजार ३४० जना नेपाली नागरिक सम्पर्कविहीनको विवरण अद्यावधिक भएको देखाएको छ ।

यसैबीच सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको समेत तथ्याङ्कमा उल्लेख गरिएको छ । यसबीच बाढीमा फसेकाहरुमध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

यस्तै प्राधिकरणका अनुसार ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । ती मध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि फर्किएका छन् । प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित छन् ।

ती मध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका प्राधिकरणको भनाइ छ । त्यस्तै प्राधिकरणका अनुसार उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि परिचालित छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्