राष्ट्रपति पौडेलले आज साढे ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने
  • प्रमुख खबर

Oplus_131072

भदौ २२, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार(आज) राष्ट्रको नाममा सम्बोधन गर्ने भएको छ । राष्ट्रपति पौडेलले आज दिउँसो साढे ३ बजे सम्बोधन गर्ने भएका हुन् । उनले नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्नेछन् ।

आजै बाढी पहिरो गएको नुवाकोट जिल्लाको विभिन्न प्रभावित क्षेत्रमा गएर अवलोकन गरेका उनले त्यहाँबाट फर्किए लगत्तै सम्बोधन गर्न लागेका हुन् ।

अवलोकनका क्रममा त्यहाँ उनले भएको क्षति र मानवीय संकट लगायतका विषयमा नेपाली सेना र अन्य अधिकारीहरूसँग जानकारी लिएका थिए ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढी पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा धेरै ठूलो जनधनको क्षति भएको छ ।

उक्त घटनामा परि हालसम्म  १ हजार ३ सय ५५ जनाको  मृत्यु भइसकेको छ । ४ हजार ९ सय ९६ जना  अझै बेपत्ता छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्