भदौ २३, काठमाडौं ।।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा पारी अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको बताएको छ।
उक्त बाढीका परि हालसम्म १ हजार ३५७ जनाको शव भेटिएको पनि प्राधिकरणको तथ्याङ्कले देखाएको छ । फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ रहेका छन् ।
यस्तै बाढी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार भएको छ ।
त्यस्तै प्राधिकरणका अनुसार १०२ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको छ । अहिले बाढी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका ३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जनाले आश्रय लिइरहेका छन् ।








