माथिल्लो त्रिशूली–१ को सुरुङबाट सम्पर्कविहीन भएका थप ११ शव निकालियो
  • प्रमुख खबर

Oplus_131072

असोज ३, रसुवा ।।
रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा नेपाली सेनाले उक्त सुरुङबाट ११ जनाको शव फेला पारी बाहिर निकालेको हो ।

सेनाले सामाजिक सञ्जालमार्फत सो सुरुङभित्र ११ जनाको शव भेटिएको पुष्टि गरेको छ । ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन् ।

सेनाले हिजो पनि त्यही सुरुङबाट १३ जनाको शव निकालेको जानकारी गराएको थियो । बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाउने सेनाले जनाएको छ । सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्