बङ्गालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव, देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना
  • प्रमुख खबर

असोज ५, काठमाडौं ।।
मौसम पूर्वानुमान महाशाखाले सोमबार(आज)देखि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले आजदेखि पर्सिसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँ, भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक–दुई ठाउँ र पर्सि पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आउँदाे बिहीबारदेखि ठूलो वर्षाको सम्भावना रहेको यसअघिअ मौसमविद्हरूले नै भन्दै आएका छन् ।

यस्तै मौसम पूर्वानुमान महाशाखाले भने यस प्रणालीको प्रभावले नेपालमा ठूलो वर्षा हुने सम्भावना रहे पनि वर्षाको मात्रा, जोखिमको स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने जनाएको छ । महाशाखाले सूचना निकालेर प्रणालीको गति र प्रभावलाई निरन्तर निगरानी गरिरहेको र अवस्था हेरेर आवश्यक सूचना तथा पूर्वानुमान अद्यावधिक गर्ने पनि जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्