असोज ०७, पोखरा ।।
असोज ७ आज गते पोखरामा अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय शुुरु हुने भएको छ । सेप्टेम्बर २३ गते साँझ ६ः१५ बजे फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
पोखराले लामो समयदेखि प्रतीक्षा गरेको नियमित अन्तर्राष्ट्रिय उडान अब सुरु हुँदैछ। यसले पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ अवसर थप्ने अपेक्षा गरिएको छ।
यूएईमा शोक अवधि घोषणा भएकाले औपचारिक स्वागत समारोह नहुने भएको छ । तर फ्लाईदुबईको उडान भने पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुनेछ ।








