असोज ९, काठमाडौं ।।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १४औँ नम्बरमा उक्लिएको छ । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो। नेपालले दुई स्थान सुधार गर्दै १८१ रेटिङ प्राप्त गरेको छ ।
जापानमा भइरहेको १४औँ एशियाली खेलकुदमा शुक्रबार(आज) भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरीयतामा सुधार गरेको हो ।
अफगानिस्तान भने एक स्थान तल झर्दै १०औँ नम्बरमा पुगेको छ । आज भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटाएको थियो ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पौने ६ बजे जापानसँग खेल्नेछ । आईसीसी टी–२० वरीयतामा भारत शीर्ष स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत् छन् ।








