कास्की–१ (क) को सभापतिमा नरेन्द्र थापा ‘नरेन’ सर्वसम्मत निर्वाचित
  • प्रमुख खबर

असोज १३, पोखरा ।।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नं. १ (क) को प्रदेश सभा क्षेत्रीय सभापतिमा नरेन्द्र थापा ‘नरेन’ सर्वसम्मत निर्वाचित भएका छन्।

पोखरा महानगरपालिका–२६ का वडाध्यक्षसमेत रहेका थापा लामो समयदेखि नेपाली कांग्रेस तथा नेपाल तरुण दलको सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। सभापतिको आकांक्षा सार्वजनिक गर्दा उनले निष्ठावान् कार्यकर्ताको मूल्यांकन, युवा पुस्ताको सशक्त सहभागिता र अग्रजहरूको सम्मानलाई प्राथमिकतामा राखेर संगठनलाई थप गतिशील र एकताबद्ध बनाउने धारणा राखेका थिए।

सहमतिको माध्यमबाट नेतृत्व चयन भएसँगै पार्टीभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणको सन्देश प्रवाह भएको छ। नयाँ जिम्मेवारीमा थापाले सबै पक्षलाई समेट्दै संगठनलाई थप प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्