असोज १६, काठमाडौं ।।
नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार(आज) हुँदैछ । मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण आज अपराह्न तीन बजे पार्टी कार्यालय च्यासलमा हुन लागेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए । एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनेकी छन् ।







