कांग्रेसको १५ औं महाधिवेशअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो मनोनयन दर्ता सुरु हुने
  • प्रमुख खबर

असोज २०, काठमाडौं ।।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार(आज) दिउँसो मनोनयन दर्ता सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले १९ असोजमा प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२ :३० बजेदेखि बेलुकी ४ :०० बजेसम्म तोकिएको हो ।

काठमाडौंमा जारी उक्त महाधिवेशनअन्तर्ग तसंशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९ :३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको थियो भने ९:३० बजेदेखि १०:३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११ :३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ । महाधिवेशनका अन्य कार्यक्रमहरू भने यथावत् रहने निर्वाचन समितिकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्