असोज २९, काठमाडौं ।।
नेपाल क्रिकेट संघ (क्यान) की सदस्य गुञ्जन शाह ठकुरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फिर्ता बोलाएको छ । हिजो बुधबार बसेको राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो ।
उनलाई असोज १ गते राखेपले क्यान सदस्य मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्य पदमा मनोनयन गर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको थियो । तर मनोनयन गरेको एक महिना बित्न नपाउँदै राखेपले फिर्ता बोलाएको हो ।








