कात्तिक ६,काठमाडौं।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
लामिछाने पत्नी निकिता पौडेलसहित आज बिहान काठमाडौंबाट हवाईजहाजमार्फत धनगढी पुगेका छन्। धनगढीबाट उनीहरू भारततर्फ प्रस्थान गर्ने कार्यक्रम छ। उनीहरूसँग मन्त्री प्रतिभा रावल पनि रहेकी छन्।
लामिछानेको सचिवालयले भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटनका रूपमा जनाएको छ। भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध कैंची धाम तथा आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाएको छ।






