कात्तिक १५, पोखरा ।।
पोखराको बाटुलेचौरमा आयोजित रक्तदान कार्यक्रमबाट ५१ युनिट रगत संकलन भएको छ । सामाजिक क्षेत्रमा अग्रणी संस्था हिमालय क्लबले ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले पहिलो रक्तदाता तिलक थापालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेकी थिईन् । प्रादेशिक रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने रक्तदाताको उल्लेखनिय सहभागिता रहेको क्लबले जनाएको छ ।सोही अवसरमा क्लबले संचालन गरेको पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार, विन्ध्यवासिनी माविका मिलन रिमाल र अञ्जली रानालाई प्रदान गरिएको छ । त्यस्तै स्वर्गीय सावित्री लिलाधर स्मृति कृषक प्रोत्साहन पुरस्कार, बस्नेत कृषि फर्मका कृषक प्रेमबहादुर बस्नेत तथा श्रीकली केसी र सुकमाया विकलाई एकल महिला सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिए ।
उनीहरुलाई जनही नगद ५ हजार, सल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गौतम, क्लबका मानार्थ सदस्य कुमार खड्का,पुर्व प्रदेश सभा सदस्य प्रभा कोईराला, सल्लाहकार राजेन्द्र देवकोटा, दुर्गा केसी थापा, नेपाल रेडक्रस सोसाईटी, कास्कीका सदस्य सुवासबाबु अधिकारी, विन्ध्यवासिनी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, कृषक पुरस्कारका संस्थापक कृष्णप्रसाद अधिकारी, मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका पुर्व अध्यक्ष धर्मराज थापा, क्लबका पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, सुन्दर थापालगायतले प्रदान गरे ।शैक्षिक पुरस्कार पोखराका युवा व्यवसायी गणेशबहादुर थापा र कृषक प्रोत्साहन पुरस्कार नेतृ प्रभा कोईराला र समाजसेवी कृष्णप्रसाद अधिकारीले स्थापना गरेका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गौतमले समाजको रुपान्तरण र विकासका लागि सामाजिक संघ संस्थाले खेलेको भुमिका महत्वपुर्ण रहेको बताईन् । उनले देशमा उत्पन्न विषम परिस्थितीले आर्थिक क्षेत्र चलायमान हुन नसकेको बताउँदै, सामाजिक कार्यका लागि यस्ता संघ संस्थासँग सहकार्य गर्न संघ तयार रहेको स्पष्ट पारिन् । नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले समाज विकासको मुख्य आधार भनेकै सामाजिक संघ संस्था रहेको बताए ।क्लबका अध्यक्ष मोहन थापाले चाडपर्वको लामो विदामा रगतको अभाव भईरहेको बेला यसले राहत पुग्ने विश्वास व्यक्त गरे । क्लबका दितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य प्रभा कोईराला, मानार्थ सदस्य कुमार खड्का, क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङलगायतले क्लबले गरेका गतिबिधिको प्रशंसा गरेका थिए ।कार्यक्रममा क्लबका मानार्थ सदस्य स्वर्गीय ले.क सोमनाथ शर्माकी धर्मपत्नी गीतादेवी शर्माले नगद १० हजार सहयोग प्रदान गरिन् ।
क्लबका सचिव तुलबहादुर बस्नेत र सुचना अधिकारी शिवराज देवकोटाले संचालन गरेको कार्यक्रममा मिलिजुली भजन समुहले भजन प्रस्तुत र बिभिन्न जातिय संघ संस्थाले भेषभुषा प्रदर्शन गरेका थिए ।





