निगमद्वारा नेपालका ५८ एलपी ग्यास उद्योग गाभ्ने तयारी
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १६, काठमाडौं ।।
नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरू एकआपसमा गाभ्ने प्रक्रिया अघि बढेको छ । नेपाल आयल निगमले यो प्रक्रिया अघि बढाएको जनाएको हो ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा ३२ अनुसार विभिन्न नाम र ब्राण्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने बताएको हो । हाल देशैभर विभिन्न ब्राण्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् ।

निगमले दिएको जानकारी अनुसार ती ग्यास उद्योगीहरुलाई कात्तिक १२ गते सम्मको समय दिएर पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ ।

यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा निगमको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्