पतञ्जलिको मुद्दा छिनोफानो नहुँदै अख्तियारद्वारा माधव नेपालविरुद्ध अर्को मुद्दा
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १७, काठमाडौं ।।
पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँदै पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार(आज) नयाँ मुद्दा विशेष अदालतमा लगेको हो ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गर्दै अहिले रुजु गर्ने कार्य भइरहेको बताइन् । नेपाललाई सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को हदबन्दीभन्दा धेरै जग्गालाई मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको आरोपमा दोषी करार गर्दै अख्तियार विशेषमा पुगेको हो ।

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्