पोखराका मेयरका प्रत्यासी एकै ठाउँमा,पुरा गर्लान त आफ्नो प्रतिबद्धता!
  • प्रमुख खबर

पोखरा जेसिज, पोखरा लेडी जेसिज र लेखनाथ जेसिजको संयुक्त आयोजनामा पोखराका मेयरका उम्मेदवारबीच मगंलबार ककस कार्यक्रम सम्पन्न भएको छ ।
पोखराको चिप्लेढुङ्गा स्थित मानब अधिकार चोकमा जनताको प्रत्यक्ष सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

दुई चरणमा बिभाजन  गरिएको उक्त कार्यक्रममा पहिलो चरण मा मेयर का प्रत्यासी हरुले आफ्नो प्रतिबद्धता सहित को ककस प्रस्तुत गरे भने दोस्रो चरण मा दर्शक श्रोता माझ बाट आएका प्रश्न को सामना गरेका थिए।

नेकपा एमाले तर्फबाट मेयर उम्मेदवार बनेको कृष्ण थापाले पोखरा महानगरको सेवा अनलाइनबाट व्यववस्थापन गर्ने बताए । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले पोखराको यातायात व्यवस्थापन र पर्यटन विकासमा जोड दिए ।
स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका गनेश पौडेलले राजनीतिको बाग्डोर युवाले सम्हालेमात्र परिवर्तन सम्भव हुने तर्क गरे । विवेकशील साझाबाट उम्मेदवार बनेकी सुशीला केसी अधिकारीले पुराना राजनीतिक दलले नयाँ कुरा पस्किन नसक्ने भएकोले वैकल्पिक शक्तिको रुपमा आफूहरुलाई जिताउन आह्वान गरिन् ।
कार्यक्रममा मेयरका प्रत्यासीहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनीलकुमार राई, उन्नत लोकतन्त्र पार्टीका आशीष थाापा, नेकपा एमालेका कृष्णबहादुर थापा, स्वतन्त्रका गनेस पौडेल, स्वतन्त्रका डिलबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका धनराज आचार्य सहभागी थिए । यस्तै, मंगोेल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर गुरुङ, नेकपा माओवादी समाजवादीका भोजराज त्रिपाठी, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, देशभक्त समाजका रनबहादुर दमै, विवेकशील साझा पार्टीकी सुशीला केसी अधिकारी र राप्रपाका शंकर खराल सहभागी थिए ।

पोखरा जेसिसका महासचिव प्रकाश घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन पोखरा जेसिजका निवर्तमान अध्यक्ष किरण केसीले गरेका थिए ।

संयोजक केसीले यस कार्यक्रमको उद्देश्य  पोखरा महानगरको मेयर पदका उम्मेदवारहरुलाई प्रत्यक्ष रुपमा जनसमुदाय सङ्ग आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्दै आम नागरिक सवालको जवाफदेहिताको लागि अवसर प्रदान गर्ने रहेको जानकारी राखेका थिए ।
पोखरा जेसिजका वर्ष २०२२ का अध्यक्ष मीनराज खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेडी जेसिज वर्ष २०२२ की अध्यक्ष लक्ष्मी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने लेखनाथ जेसिजका सुजन न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

photo:parichaya.com

तपाईको प्रतिक्रिया दिनुहोस्