पोखरामा १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको म्याद गुज्रेका बियरहरु नष्ट
  • प्रमुख खबर

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा म्याद गुज्रेका बियरहरुलाई नष्ट गरेको छ । मंगलबार पोखरा–५, प्रस्याङ शिवालय मार्गमा रहेको लाभाजु इन्टरप्राइजेजको स्टोरबाट प्रशासनले बरामत गरेको ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय एमएलको ६ कार्टुन बियर गरेको नष्ट गरेको हो ।

प्रशासनले पोखरा महानगरपालिका १७ मुस्ताङ चोक स्थित गल्फकोर्षको जग्गामा १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रेका बियरहरुलाई नष्ट गरेको जनाएको छ ।

म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन सूचना पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् । ढकालका अनुसार सो इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्