सरिता गुरुङ्ग
पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा फाल्गुनको पहिलो साता पहिलो संस्करणको “गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता”आयोजना हुने भएको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित फाल्गुन ४ देखि ८ गतेसम्म पोखरा रगंशालास्थित भलिबल खेल मैदानमा सो प्रतियोगिता संचालन हुने आज पत्रकार सम्मेलनमार्पत जानकारी दिएको हो ।
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रतियोगिता हुने आयोजकले जनाइएको छ । त्यस्तै वेस्ट अफ फाइभसँगै लिग सिस्टममा संचालन हुने सो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले समेत सहयोग गर्ने बताइएको छ । नेपालको राष्ट्रिय खेल भलिबललाई विकास र विस्तार गर्दै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई भलिबल खेलमार्फत अन्तराष्ट्रियस्तरमा भलिबल खेलको हबका रुपमा विस्तारित गरी बढीभन्दा बढी पर्यटक भित्राउन आफुहरुले प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका पुरुष तथा महिला टिमहरुको सहभागिता रहने भएको छ । संयोजक गौचनका अनुसार कास्की, स्याङ्जा, पर्वत, तनहुँ, गोरखा, लम्जुङ, नवलपुर, म्यादी, बाग्लुङ, मुस्ताङ र मनाङबाट पुरुष तथा महिला टिमहरुको सहभागिता रहने भएको हो । त्यस्तै सो प्रतियोगितबाट उत्कृष्ट खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि उत्कृष्ट खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा कम्तीमा १ महिना राखी गण्डकीको उत्कृष्ट टिम तयार गर्ने पनि उनले बताएका छन् ।
प्रतियोतिामा विजेता पुरुष तथा महिला टिमले कप, मेडल, प्रमाण–पत्र सहित नगद रु २ लाख प्राप्त गर्ने भएका छन् । यस्तै उपविजेता टिमले कप, मेडल, प्रमाण–पत्र सहित १ लाख र सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ५० हजार प्राप्त गर्ने भएका छन् । त्यस्तै उत्कृष्ट स्पाईकर, ब्लकर, सेटर र डिफेण्डरलाई समेत जनही रु ५ हजार प्रदान गरिने पनि गौचनले बताएका छन् ।