नेपाल कम्यूूनिष्ट पार्टीले गरेको संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसले वडा स्तरीय विरोध कार्यक्रम गरेको छ । नेपाली कांग्रेस कास्कीका सह–सचिव यूूवा नेता एवं समाजसेवी रंगिला पौडेल आचायर्काको उपस्थितमा सो वडा स्तरीय विरोध कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २० मा आयोजित भएको हो ।
कार्यक्रममा युवा नेता रंगिलाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सम्र्पूूण नेपाली जनताको बलिदानबाट मिलेर आर्जित गरेको संविधानलाई आफ्नो स्वास्र्थ र सत्ता बचाउनको लागि प्रतिनिधिसभा विघटन गरेकोमा घोर आपत्ति जनाएकी छन् । सोही कार्यक्रममा उनले नेपाल कृषि प्रधान देश भएको र यहाँ ८० प्रतिशत जनताहरु कृषिमा आस्रित रहेको हुुदाँ वडा नं. २० का कृषकहरुलाई प्रोत्साहन्स्वरुप १०० थान कोदालो हस्तान्तरण गर्नुुको साथै सोही कार्यक्रममा उनले उक्त वडाका अग्रज व्यक्तित्वहरुलाई न्यानो पछौरा समेत वितरण गरेकी छन् ।
यस भन्दा अगाडी समेत नेता रंगिलाले कोभिड–१९ महामारीको समयमा विभिन्न वडाका बासिन्दाहरुलाई खाद्यान्न पनि वितरण गरेकी छन् । उक्त विरोध कार्यक्रममा उनले हाल देशमा दुुई वटा संकट भएको एक कोभिड–१९ र दोस्रो देशको राज्य व्यवस्था भएको जानकारी दिएकी छन्। यस्तै उक्त कार्यक्रममा नेपाल तरुण दल कास्कीका कोषाध्यक्ष जीवन बास्तोलाले सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न अलोकतान्त्रिक मूूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुुल बदनियतपूूर्ण निन्दनीय कार्य भएको बताएका छन् ।
उनले सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुुलुुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्पm लैजाने गम्भीर षड्यन्त्रमूूलक काम गरेको पनि जिकिर गरेका छन् । त्यस्तै सोही कार्यक्रममा नेपाली कांगे्रसका सह–सभापति सूूर्य बहादुर थापा, इकाइ कोषाध्यक्ष माया तिमिल्सिना, उप–सभापति तोरण गुुरुङ्ग, पूूर्व सभापति क्या.गगां बहादुुर खत्री, क्षेत्रिय कोषाध्यक्ष महेन्द्र अधिकारी लागयतले मन्तव्य राखेका छन् ।
सो कार्यक्रममा नेपाली कांग्रेस महिला संघ कास्कीका सदस्य उर्मिला पौडेल र वडा नं ५ इकाइ सहसचिव समिता अधिकारीको समेत सहभागित रहेको थियो ।
सो कार्यक्रममा सभापति तिल बहादुुर गुुरुङ्गले युुवा नेता रंगिलालाई न्यानो कपडा र कृषिको लागि आवश्यक पर्ने औजार वितरण गरेकोमा धन्यवाद दिएका छन् भने कार्यक्रम संचालन वडा नं २० का इकाइ सचिव शेष कान्त आचार्यले गरेका थिए ।